नेपालमा स्मार्टफोन आइटेल ए ८० सार्वजनिक

काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ१’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हट्र्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरु छन् ।
आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरुको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ । आइपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ ।
फोनमा ६.७ इन्चको एचडीं डट–इन डिस्प्ले छ, जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ। ५००० एमएएच ब्याट्री ले लामो समय टिक्ने क्षमता दिन्छ ।
यूनिसोक टी ६०३ अक्टा–कोर प्रोसेसर सहित ८ जीबी र्याम ९४ जीबी ४ जीबी मेमोरी फ्युजन र १२८ जीबी स्टोरेज रहेकोले सहज रुपमा मल्टिटास्किङ गर्न सकिन्छ ।
फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन् । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरु पनि छन् ।
यसमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५.०, एफएम र टाइप(सी कनेक्टिभिटी रहेका छन् । फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले नयाँ अनुभव प्रदान गर्छ ।
आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन रंगमा उपलब्ध छ । कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ ।
नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रहरु मार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैँया तोकिएको छ ।