sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड

१ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज मंगलबार (चैत ५ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार यो आइपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएकामा १० हजार १२६ जनाको आवेदन रद्द भएको थियो ।

रितपूर्वक  आवेदन  दिएका १९ लाख ५५ हजार ६८५ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । क्रेष्ट माइक्रो इन्स्योरेन्सले फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

आइपीओको नतिजा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको वेबसाइट, एनआइएमबी एस क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिन्छ । साथै, मेरो सेयर एपबाट पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।

gold
kumari bank
nawakantipur long