stcnepal long ad
ime life insurance
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर जारी गर्ने अनुमति पायो

बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्सलाई हकप्रद जारी गर्न अनुमति दिएको हो।

इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२७ को अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो।

अब इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापुँजीको अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्नेछ।

जुन नियामकीय निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमकका लागि तोकेको न्यूनतम ५ अर्ब रुपैयाँभन्दा बढी हुनेछ। सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

prabhu mahalaxmi
kumari