stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शिखर इन्स्योरेन्सले सार्वजनिक भावनात्मक डिजिटल फिल्म गर्यो ‘खुसीको इन्स्योरेन्स’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको ख्यातिप्राप्त निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ ब्रान्ड फिल्म खुसीको इन्स्योरेन्स सार्वजनिक गरेको छ ।

उत्कृष्ट, शीघ्र प्रभावकारी र व्यावसायिक बीमा सेवाका लागि परिचित यस कम्पनीले आफ्नो यो नयाँ भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको भूमिका उजागर गरेको छ।

जब जीवनले लडाउँछ, तब मिलेर उठ्नुपर्छ र उठ्नका लागि साथ दिनेहरूको महत्व यस कथाले देखाएको छ ।  फिल्म एक परिवारको कथा हो, जुन  कान्छो छोराको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । यस भिडियोले आफ्नो बाल्यकालका मीठा सम्झनाहरूलाई स्मरण गर्दै परिवारभित्रको प्रेम, एकता, सङ्घर्ष र पुनर्निर्माणको कथा सुनाउँछन् ।

कथा एक समृद्ध र प्रेमले भरिएको परिवारसँग सुरु हुन्छ । जसले जीवनका विभिन्न मोडहरू पार गर्दै सुखद क्षणहरू मनाउँछ, तर कहिलेकाहीँ अनपेक्षित कठिनाइहरू पनि भोग्छ ।

जब विपत्तिले सबै थोक परिवर्तन गरिदिन्छ तब उनीहरू फेरि उठ्न संघर्ष गर्छन्। यस यात्रामा शिखर  इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण सहयोग पुयाउने भूमिका निर्वाह गरिरहेको देखाइएको छ । आफ्नो खुसीलाईसँग सुरक्षित गरी शिखर इन्स्योरेन्स सधैं तपाईंको साथमा छ भन्ने सन्देश कथाले दिएको छ ।

prabhu mahalaxmi
kumari