stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आकर्षक लाभांश सुरक्षित गर्ने आज फागुन २७ गते अन्तिम दिन रहेको छ।

इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन २८ गते एक दिन बुक क्लोज गर्दैछ। आज फागुन २७ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा आउँदो चैत १५ गते डाकेको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेट बिहान ११ बजेदेखि सुरु हुनेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्।

साधारण सभाले बोनस शेयर जारी गरेपश्चात कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्ने हुँदा सोहीबमोजिम इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको तत्काल चुक्तापुँजी सम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सोही सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्नेछ। साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्नेछ।

इन्स्योरेन्स कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने -वर्तमान लेखापरीक्षक श्री एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने_ प्रस्ताव स्वीकृत गर्नेछ।

साधारण सभाले कम्पनीबाट गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

prabhu mahalaxmi
kumari