stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९३९.९४ रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १५ प्रतिशतले हुन आउने २४ करोड ६६ लाख ३६ हजार २९०.९० रुपैयाँबराबरको बोनस शेयर र बोनस शेयर कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुने आउने १ करोड २९ लाख ८० हजार ८५७.४२ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari