चैत १९ गतेदेखि दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी चैत १९ गतेदेखि दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरिद गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति आगामी वैशाख ८ गते तोकिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

IME Lifesidebar
kumari