आइएमई लाइफ इन्स्योरेन्सको फागुन २५ गते वार्षिक साधारण सभा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको फागुन २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ ।
साथै, साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।