stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सन नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २८ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आार्थिक वर्षको सोही अवधिको तुलनामा १४.०६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षमा कम्पनीले ३२ करोड ८४ लाख रुपियाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५८ करोड ६४ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.८१ प्रतिशतले बढेको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९६ करोड ९४ लाख रुपियाँ रहेको छ । त्यस्तै, इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपियाँ, रिटेन्ड अर्निङमा ७७ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ६ लाख रुपियाँ रहेको छ ।

३ अर्ब ९६ करोड चुक्ता पुँजी रहेको रहेको इन्स्योरेन्स कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १०.२६ बाट बढेर १४.२५ रुपियाँ कायम भएको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४२.९५ गुणा र प्रतिशेयर नेटवर्थ १६६.१२ रुपियाँ रहेको छ ।

kumari bank
kumari
nawakantipur long