stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आर्थिक वर्षमा बढेर १८ करोड २५ लाख रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षमा कम्पनीको कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन वृद्धि भएकाले नाफा समेत बढेको हो।

इन्स्योरेन्स कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा २ अर्ब ६० करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशूल्क आर्जन गत आर्थिक वर्षमा १ अर्ब  ९९ करोड  रुपैयाँ रहेकोमा चालू आर्थिक  वर्षमा बढेर २ अर्ब  २६ करोड  रुपैयाँ  पुगेको छ।

त्यसैगरी इन्स्योरेन्स कम्पनीको जीवन बीमाकोष गत आर्थिक वर्षको पुस मसान्तसम्म ८ अर्ब १८ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ।

इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा रहेको छ।

kumari bank
kumari
nawakantipur long