citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

युनाईटेड अजोड इन्स्योरेन्सको डिसिईओमा रेना रिजाल नियुक्त हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा रेना रिजाल नियुक्त हुने भएकी छिन् ।

कम्पनीका तत्कालीन डीसीईओ नवीन सुवेदी बाहिरिएसँगै विगत ५ महिनादेखि रिक्त रहेको पदमा रिजाललाई यसै साता नियुक्ति गर्ने तयारी भएको कम्पनीका एक अधिकारीेले बीमापोष्टलाई जानकारी दिएका छन् । रिजाल बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत कुशल र क्षमतावान व्यक्ति हुन् ।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीकी उप(महाप्रबन्धक (डीजीएम) रेना रिजाल कम्नीको डिसिईओ पदको लागि यूनाइटेज अजोड इन्स्योरेन्समा प्रवेश गर्न लागेकी हुन् ।

२०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु गरेकी रेनाले बैंक हुँदै पुन बीमा क्षेत्रमा नै काम गरेको कार्य अनुभव रहेको छ ।

रिजालले सानिमा जिआईसीमा समेत राजिनामा दिने प्रस्ताव राखेर स्वीकृत समेत भइसकेको जनाइएको छ ।

gold
himalayan life insurance long ad