citizens life insurance long ad
stcnepal long ad

हिमालयन लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा २५ करोड ३७ लाख रुपैयाँ नाफा कमाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सावजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार इन्स्योरेन्सले पहिलो त्रैमासमा २५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ।

यो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ५ दशमलव १२ प्रतिशत वृद्धि भएको हो। सो अवधिमा इन्स्योरेन्सले २४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।

पहिलो त्रैमाससम्मका कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ।

पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा सामान्य घटेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले ४ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। इन्स्योरेन्सको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ छ।

इन्स्योरेन्सले पहिलो त्रैमाससम्म जगेडा कोषमा २ अर्ब ३१ करोड र महाविपत्ति कोषमा ५१ करोड २७ लाख सञ्चित गरेको छ। इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १२ पैसा र प्रतिशेयर नेटवर्थ २७७ रुपैयाँ ६७ पैसा छ।

IME Life
kumari