stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

२५ औ वर्षमा सगरमाथा इन्स्योरेन्स

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ४३ वटै कार्यालयमा एकसाथ केक काटी वार्षिक उत्सब मनाएको छ । कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४७ जना रक्तदाताले रक्तदान गरेका छन् ।

२५ औ वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका बिविध कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

हाल कम्पनीकोे चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ पुगेको छ। चालु आ।व।को अषाढ मसान्तमा १ लाख ९४ हजार ७४ वटा बीमालेख बिक्री गरी २ अर्ब १९ करोड रुपैयाँ माथिको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।  साथै कम्पनीबाट उपलब्ध हुने बीमा लेखहरुलाई क्रमश डिजिटलाईज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिए ।

prabhu mahalaxmi
kumari