एक वर्ष नपुग्दै फेरि भासियो नारायणगढ–मुग्लिन सडक
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फीरुपमा सञ्चालन गरिएको छ ।
सोमबार बिहान भासिएको यस ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि सवारी दुईतर्फीरुपमा सञ्चालन गर्न समस्या भएको हो ।
सो सकड खण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक वितार तथा मर्मत गरेको १ वर्ष नपुग्दै फेरि भासिएको हो । भासिएको ठाउँमा सडक ९ मिटर फराकिलो छ ।
जसमा १ मिटर जति सडक भासिएको छ । सडक ग्राबेलिङ गरेपछि फेरि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए । यो राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो । यस सडकमा दैनिक सरदर १० हजार सवारी साधन आवागमन गर्दछन् । रासस




























