नेशनल लाइफ इन्स्योरेन्सले भदौ ७ गते ३६औं वार्षिक साधारण सभा बोलाए

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ७ गते शुक्रबार साधारणसभा आवहान गरेको छ। भदौ ७ गते शुक्रबार कम्पनीले ३६औं वार्षिक साधारणसभा बोलाएको हो।
साधारण सभाले कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
साथै, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखा परीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्नेछ।
इन्स्योरेन्स कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा उक्त दिन विहान साढे १० बजेदेखि साधारण सभा बस्ने निर्णय गरेको हो।