sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एडुकेटर्स र युनिग्लोब स्कुलमा सवा अर्ब लगानी गर्ने

बीमा प्राधिकरणको लगानी निर्देशिकाको अधीनमै रहेको दाबी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई शैक्षिक संस्थामा सवा अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।

लगानी विविधिकरणको रणनीतिलाई मूर्त रूप दिने क्रममा कम्पनीले ‘ग्लोबल ग्रुप’का रुपमा परिचित प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ठूलो लगानी गर्ने निर्णय गरेको हो ।
हिजो आइतबार काठमाडौंस्थित होटेल रोयल सिङ्गीमा आयोजित एक कार्यक्रममा दुई संस्थाका अधिकारीहरूले हस्ताक्षर समेत गरेका छन् ।

लगानी सम्बन्धी सम्झौतामा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा।डा। खगेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि नेपाल लाइफले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्ने भएको छ ।

prabhu bank
nawakantipur long