लुम्बिनीको मुख्य मन्त्रीमा एमालेका नेता चेतनारायण आचार्यको दावी पेश

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गर्नुभएको छ । आचार्यले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसमक्ष आज मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।
आचार्यले नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुको समर्थनमा दावी पेश गर्नुभएको छ । केन्द्रीय सत्ता समीकरणमा नयाँ परिवर्तन भएसँगै प्रदेशहरुमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । हिजो मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिनुभएको थियो ।