नेशनल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बापत ५० लाख रुपैयाँ भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको तिनकुने शाखाले घातक रोग वापतको दाबी भुक्तानी गरेको छ । शिब शतासि धाम नगरपालिका ११ झापामा जन्मिएका हाल काठमाडौं महानगरपालिका ३२ मा बसोबास गर्दै आएका राउत क्षेत्री सेवा समाज नेपालका आजिवन सदस्य एबम कुरियर व्यबसायी बल बहादुर राउतलाई ५० लाख रुपैयाँ घातक रोग वापत हस्तान्तरण गरेको हो ।
उनले नेशनल लाइफमा बिगत ४ बर्ष अगाडि रु ५० लाखको जीवन बीमा र ५० लाखकै जटिल घातक रोग सुबिधा लिएर जीवन बीमा गरेका थिए ।
उनलाइ केहि समय अगाडी मात्र मलदुवारको क्यान्सर देखापरेपछि हाल राजिबगान्धि अस्पतालमा उपचार गराइहेका छन् ।
कम्पनीको नियम अनुसार सिआइ सुविधा अन्तगत ५० लाख रुपैयाँ उपचार खर्च गर्नको लागि एक कार्यक्रमको आयोजना गरि तिनकुने शाखाका शाखा प्रमुख सुर्य बहादुर श्रेष्ठ र कम्पनीको चिफ बिजनेश म्यानेजर नेत्र बहादुर राउतले संयुक्त रुपमा रु ५० लाखको चेक निज बल बहादुर राउतको छोरीहरुलाइ हस्तान्तरण गरेको हो ।
कार्यक्रममा चिफ बिजनेस म्यानेजर नेत्र बहादुर राउतले जीवन बीमाले हरेक नेपाली नागरिकहरुलाई आपत बिपत परेको बेला,विभिन्न खालको रोग लाग्दा होस वा आर्थिक समस्या परेको समयमा आफु र आफ्नो परिवारलाई आर्थिक भार कम गर्न ठुलो सहयोग गर्ने बताउँदै सबैले आफ्नु क्षमता अनुसार जीवन बीमा गरि आफु र आफ्नो सन्तानको भविष्यमा हुन सक्ने क्षतिबाट बच्नु र बचाउनु पर्ने बताए ।