citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कोरोना बीमाको छानबिन गरी दाबी भुक्तानी गर्न महालेखाको निर्देशन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले कोरोना बीमा अन्तर्गत दाबी नपाउने बीमितको सम्बन्धमा छानबिन गरेर दाबी भुक्तानी गर्न बीमा नियामकलाइ निर्देशन दिएको छ ।

कार्यालयले आइतबार सार्वजनिक गरेको एकसाठ्ठियौं वार्षिक प्रतिवेदन मार्फत् बीमाशुल्क भुक्तानी गरेर पनि दाबी भुक्तानी नपाएका बीमित वा हकवालालाइ बीमालेख अन्तर्गतको दाबी भुक्तानी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्रतिवेदनमा निजी बीमा कम्पनीले बीमा शुल्क आम्दानी गर्ने गरी जारी गरिएको कोरोना बीमामा सरकारको टाउकोमा असीमित दायीत्व भार तोकिनु अनुचित भएको टिप्पणी गरिएको छ । प्रतिवेदनमा कोरोना बीमा मापदण्ड, २०७७ को प्रावधान अनुचित भएको टिप्पणी गरिएको हो ।

मापदण्डको अनुसूची ७ मा बीमाको दायीत्व भुक्तानी गर्ने जिम्मेवारी १ अर्ब सम्मको सम्बन्धित बीमा कम्पनी, १ अर्ब देखि २ अर्ब रूपैयाँसम्मको पुनर्बीमा कम्पनी, २ अर्ब ५० करोड रूपैयाँसम्मको महा विपत्ती पुल, ३ अर्बसम्म बीमा समिति र सो भन्दा माथि नेपाल सरकारको हुने उल्लेख छ । सरकारले गत आवमा सरकारको दायीत्वबाट बहन हुने गरी १ अर्ब रूपैयाँ भुक्तानी दिएको थियो ।

himalayan life insurance
igi long