stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल पुनर्बीमा कम्पनीको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार शेयरपुँजी १२ अर्ब ८१ करोड रुपैयाँ भएको कम्पनीले प्रथम त्रैमास ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

असोज मसान्तसम्म कम्पनीले १ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १९ करोड ७१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३४.७० प्रतिशतले कमले घटेको छ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब २८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १५.९५ प्रतिशतले कम हो।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड ६९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७१ करोड २४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.७१ रुपैयाँले ऋणात्मक भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १.४७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १३९.१४ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari