stcnepal long ad
national life

अजोड इन्स्योरेन्स तेस्रो वर्षमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।अजोड इन्स्योरेन्स आजबाट तेस्रो वर्षमा प्रवेश गर्दैछ । तेस्रो बार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कोरोना महामारीको अवस्थामा राहत दिँदै बीमा सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

खत्रीले भने, ‘कोरोना महामारी छ, धेरै ठूलो प्रतिबद्धता व्यक्त गर्ने अवस्था छैन । आईपिओ जारी गर्ने कामलाई उच्च प्राथमिकता दिएर सम्पन्न गर्नेछौं ।

तेस्रो बार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष आजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत खत्रीले संयुक्त रुपमा प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझै विश्वसनीय, भरपर्दो र छिटो छरितो एवम् प्रविधिमैत्री बीमा सेवा प्रवाह गर्ने जनाएका छन् ।

कम्पनीले सञ्चालनको छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ । अजोड इन्स्योरेन्स नयाँ कम्पनीहरु मध्येमा सबैभन्दा धेरै बीमाको पहुँच बृद्धि गरेर पुराना कम्पनीहरुलाई चुनौति दिँदै अघि बढ्न सफल भएको छ । बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ । अजोड इन्स्योरेन्स २०७५ साल असार २१ गते स्थापना भएको  थियो ।

gold
kumari bank
kumari
nawakantipur long