एनएमबि बैंकको विशेष सभा आज, कञ्चनलाई विलय गर्ने प्रस्ताव पारित गरिने
काठमाडौं । आज आइतबार असार २१ गते एनएमबि बैंकको कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रस्ताव अनुमोदन गर्न विशेष साधारण सभा बस्दैछ ।
साधारण सभा कृष्णटावर नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा एक्वायर गर्ने सम्बन्धमा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा पनि रहेको छ ।
यसर्थ, कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् । सभाले एक्वायर सम्बन्धी सम्झौताहरु प्नि अनुमोदन गर्नेछ ।
एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ ।
एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सभा प्रयोजनका लागि एनएमबिले असार १२ गते बुक क्लोज गरिसकेको छ ।
एनएमबिले केही समयअघि मात्र ओम डेभलपमेन्ट बैंक गाभेको थियो ।





























