evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

नेपाल इन्स्योरेन्सको आज शुक्रबार जेठ ४ गते विशेष साधारण सभा बस्दै

४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज शुक्रबार जेठ ४ गते बस्दैछ ।

साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद निष्कासन प्रकृया अघि बढ्नेछ । यस्तै, नियामक बिमा समितिबाट पनि पूर्वअनुमति लिएको हुनुपर्छ ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

हाल नेपाल इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ । यस पुँजीमा ४०% हकप्रद सेयर भएपछि चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।

साधारण सभा  नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

igi long
himalayan life insurance long ad