citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेसनल लाइफ इन्स्योरेन्सको खुद नाफा ३८ करोड ८३ लाख

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १०.३३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १३५.७५ रुपैयाँ देखिएको छ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको २९ करोड ८० लाख रुपैयाँको तुलनामा ३०.३० प्रतिशतले धेरै हो । खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार देखिएको हो ।

यसअवधिमा खुद बिमा शुल्क आम्दानी १३.४६ प्रतिशतले बढेर १२ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १५.३० प्रतिशतले बढेर ४ अर्ब ९ करोड २ लाख रुपैयाँ पुगेको छ । नेसनलको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ छ ।

यसको रिटेन्ड अर्निङमा ७२ करोड १० लाख रुपैयाँ देखिएको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १०.३३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १३५.७५ रुपैयाँ देखिएको छ ।

himalayan life insurance
igi long