stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

झम्सीखेलमा पहिलो पटक मिथिला खानाको परिकारसहितको विशिष्ट होटल ‘मिथिला थाली’ संचालित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको झम्सीखेलमा पहिलो पटक मिथिला खानाको परिकारसहितको विशिष्ट होटल ‘मिथिला थाली’ संचालित छ ।

अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका मास्टर सेफ सन्तोष साहले संचालनमा ल्याएको उक्त मिथिला थाली होटलमा मिथिला परिकारका विभिन्न व्यञ्जनहरु उपलब्ध छन् ।

जनकपुरधाममा पहिलो पटक मिथिला खाना परिकारसहितको विशिष्ठ होटल ‘मिथिला थाली’ संचालनमा ल्याएका साहले सोहि प्रकृतिको होटल काठमाडौंमा समेत संचालन गरेका हुन् ।

बढदो आधुनिकतासँगै विलप्त हुँदै गएको बथुवा सागको बिरियाको सब्जी, तिलौरी, दनौरी, फुलौरी, ओलको तरकारी, बडीकढीलगायतका परिकारलाई ताजापन गर्न र विश्वस्तरसम्म पुर्याउने उद्देश्यले डेढ करोडको लागतमा मिथिला थाली नामक होटल संचालनमा ल्याइएको संचालक साहले बताए ।

उनले भने, ‘नेपालमा मान्छेहरुको सोच वदलिसकेको छ । नेपालमा केही हुँदैन, केही गर्नै सकिदैन भन्ने युवा जमातको लर्को छ । त्यसो हुँदा सास्टर सेफ जितिसकेपछि अब म जे गर्छु नेपालमा गर्छु भन्ने योजना बनाएर नेपाल फर्किए ।

जनकपुरधाम मिथिलाको प्रमुख केन्द्रबिन्दु भएकाले त्यहाँबाट हामीले सुरुवात गरेका हौं । अब काठमाडौंमा पनि भयो । विस्तारै, धरान, नारायणघाट, नेपालगञ्ज लगायतका ठाउँमा पनि खोल्ने योजना बनाएका छौं ।’

दुई वर्ष पहिले आफू विदेशमा जागिर गरिरहेको भएपनि अहिले आफ्नै देशमा दुईसय बढी नेपालीलाई रोजगारी दिन पाएकोमा साहले खुशी व्यक्त गरे ।

बाल आश्रम र देख्न तथा सुन्न नसक्ने नागरिकलाई समेत सहयोग गरिरहेका साहले दोहा कतारमा मिथिला खाना परिकारको यस्ता होटेल तथा रेष्टुरेन्ट संचालनमा ल्याउने लक्ष्य सुनाए ।

उनले भने, ‘मैले यससँगै कलेजमा हाउस किपिङका लागि पढाउने पनि गरेको छु । यदि कोही कान नसुन्ने, आँखा नदेख्ने मान्छेलाई काम पाउन समस्या भइरहेको छ भने ६ महिनाको तयारी कक्षा दिएर खान, बस्न दिएर तलबमा काम लगाउने ग्यारेन्टी पनि लिन्छौं ।’

शाकाहारीतर्फ मात्र २ सय ५० रुपैंयामा दाल, भात, बिरियासहितका अन्य तरकारी, भुजिया, पापर, साग, चोखा, आचार, दही, बडकढी, सेबई खिर सहित २७ प्रकारका परिकार दिइने साहले बताए ।

यस अभियानले मिथिला र मधेशको चेलीबेटीहरुलाई रोजगार र घरेलु उत्पादनमा सहभागिता भई आम्दानीको स्रोत हुने बिश्वास उनको छ ।

prabhu mahalaxmi
kumari