citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले आफ्नो बीमित कृष्णपुर न.पा. ७ कंचनपुर बस्ने स्व.मूलचन्द्र रानाकी श्रीमती फुलमती रानालाई मृत्यु दाबी भुक्तानी बाफत चार लाख २१ हजार हस्तान्तरण गरेको छ ।

स्वर्गीय मूलचन्द्र रानाले २०७५ पौष महिनामा सानिमा रिलायान्स लाइफ इन्स्योरेन्स लिमिटेड धनगढीबाट बीमाङ्क दुई लाख को बीमा गरेका थिए । कालगतिले मृत्त्यु भएका रानालाई सानिमा रिलायन्स लाइफको आकर्षक पोलिसीले गर्दा बीमाङ्क रकम दोब्बर भुक्तानी गरेको हो ।

नेपालमा भएका अन्य योजना भन्दा भिन्न सुविधा भएको यस योजनाले दुर्घटनामा तीन गुणा जोखिम कभर गर्दछ ।  गत चैत्र २८ गते  मृत्यु  भएका  रानालाई  आज  घरमा गएर बीमा  दावी भुक्तानी गरेको हो ।

जनमानसमा जीवन बीमाबाट समयमा दावी भक्तानी पाउदैन भन्ने भ्रमलाई चिर्न घरमै गई भुक्तानी गरेको सानिमा रिलायान्स लाइफ इन्स्योरेन्स लिमिटेड प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले जानकारी गराए ।

कार्यक्रममा उक्त रकम वापतको चेक कृष्णपुर न.पा .७ कलुवापुरका हरि किसन रानालाई चेक हस्तारन्तरण गरेको कम्पनीले जनाएको छ ।।

कार्यक्रममा स्थानिया जनप्रतिनिधि सहित सानिमा रिलायान्स लाइफका क्षेत्रीय शाखा प्रमुख हेमन्त बहादुर सिंह एजेन्सी म्यानेजर गंगा राम राना, विक्रम कार्की, योगेन्द्र बहादुर वलायर को उपस्थिति रहेको थियो ।

himalayan life insurance
igi long