sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित गर्न जेठ ४ गते विशेष साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्सको जेठ ४ गते विशेष साधारण सभा बस्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको हो ।

साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद निष्कासन प्रकृया अघि बढ्नेछ । यस्तै, नियामक बिमा समितिबाट पनि पूर्व अनुमति लिएको हुनुपर्छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

नेपाल इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ । यस पुँजीमा ४०% हकप्रद सेयर भएपछि चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।

साधारण सभा  नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

prabhu bank
nawakantipur long