sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

अब कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस अघि कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्राधिकरणले वितरण योग्य मुनफाबाट बोनस शेयर दिन पाइने र त्यसको कर प्रयोजनको लागि मात्र नगद लाभांश दिन पाइने व्यवस्था गरेकाले लाभांश संशोधन गरेको हो ।

कम्पनकिो उक्त संशोधित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

gold
prabhu bank
nawakantipur long