पठायो शेयरधनीको खातामा नेको इन्स्योरेन्सले लाभांश
काठमाडौं । शेयरधनीहरुलाई नेको इन्स्योरेन्स कम्पनीले लाभांश पठाउन थालेको छ । कम्पनीले जेठ २३ गते सम्पन्न साधारण सभाबाट पारित ८दशमलव १६ प्रतिशत लाभांश शेयरधनीको खातामा पठाउन थालेको हो ।
गत चैत २४ गतेसम्म रहेको हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ ।
त्यस्तै शेयर प्रमाणपत्र अभौतिकिकरण नरेका शेयरधनीलाई शेयर प्रमाणपत्र अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।



























