sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेशनल लाइफको चियरम्यान क्लब मेम्बरमा १९० जना बढी समावेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘चियरम्यान क्लब मेम्बर’ मा हालसम्म १९० जना भन्दा बढी अभिकर्ताहरु समावेश हुन सफल भएका छन् ।

कम्पनीले ल्याएको उक्त योजनामा चालु आर्थिक वर्षमा सेल्फ कोडमा ३० लाख रुपैयाँ प्रिमियर र टीम कोडमा ५० लाख (सेल्फ कोडमा ५ लाख र टीम कोडमा ४५ लाख रुपैयाँ) बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताहरु समावेश भएका हुन् ।

उक्त योजनामा हालसम्म विभिन्न शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ताहरुमध्ये नविन लामिछाने, एलिसा राई, सूर्य नारायण धवाल, रिचार्ज आले मगर, लक्ष्मी धिमाल, राजेश प्रसाद यादव, प्रियंका अग्रवाल, संगिता राई, विकल्प चापागाई, कुशुम बस्नेत, ममता देवि शाह लगायतका अन्य अभिकर्ताहरु समावेश भएका छन् ।

विगतका आर्थिक वर्षहरुमा सो बीमा योजनामा करिव ४ सय जनादेखि ५ सय जना बढी अभिकर्ताहरु क्वालिफायर भएको डाटा छ ।

चियरम्यान क्लब मेम्बरमा समावेशमा भएका सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने लगायतका तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

कम्पनीले उक्त क्वालिफायर भएका अभिकर्ताहरुलाई काठमाडौं तथा पोखरामा रहेको तारे होटलमा तीन रात चार दिनसम्मको भव्य कार्यक्रम आयोजना गरी प्रमाण पत्रसहित सम्मान प्रदान गर्ने प्रचलन रहेको छ ।

prabhu bank
nawakantipur long