stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

४०% हकप्रद मुख्य अजेन्डा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १८ गते बसेको बैठक विशेष साधारण सभा आउँदो जेठ ४ गते आयोजना गर्ने निर्णय गरेको हो।साधारण सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित कम्पनीको हालको जारी तथा चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने मुख्य अजेन्डा अनुमोदन गर्नेछ।

हकप्रद बिक्रीपश्चात कम्पनीको जारी र चुक्तापुँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्ने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग)मा भएको जारी तथा चुक्तापुँजीसम्बन्धी व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो  इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउने छन्।

prabhu mahalaxmi
kumari