citizens life insurance long ad
stcnepal long ad
national life

न्यादी हाइड्रोपावर १५ करोड घाटामा

Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावर १५ करोड ११ लाख ८० हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी १५ करोड ८९ लाख ७३ हजार नोक्सानमा रहेको थियो ।

यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य घटेको छ ।विद्युत् बिक्रीबाट हुने आम्दानी १।०२ प्रतिशतले घटेर ४३ करोड ५ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ४३ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कुल नाफा पनि १.७९ प्रतिशतले घटेर २३ करोड ३४ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा न्यादी हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४४ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ ०५ पैसा छ ।

himalayan life insurance
igi long