sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

प्रभु इन्स्योरेन्सको वैशाख २० गते वार्षिक साधारण सभा

साधारण सभामा  हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्सको वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, साधारण सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा, प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

 

gold
kumari bank
nawakantipur long