citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि चैत १६ गतेसम्म अभिकर्ता तालिम संचालन गर्दै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आज चैत १३ गतेदेखि चैत १६ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो ।

तालिममा सहभागि हुनका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सहभागि हुनको लागि नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर र तालिम शुल्क १ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

तालिम कम्पनीको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ ।

तालिममा ५० जनाभन्दा बढी सहभागी संख्यामा सहभागि गराउन नसकिने हुँदा पहिलो प्राप्त भएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । अभिकर्ता परीक्षा भने चैत १६ गते हुनेछ ।

himalayan life insurance
igi long