stcnepal long ad
global ime bank long

हिमालयन रिइन्स्योरेन्स कम्पनी फागुन महिनामा सर्वाधिक कारोबार गर्ने कम्पनी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गरेको केही समयपछि नै लगानीकर्तालाई लाभांश वितरण गरेको कारण लगानीकर्ताको रोजाईमा पर्ने गरेको छ ।

कम्पनीले ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ।

कम्पनीले लाभांश सहित ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत सोही सभाबाट पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ ।

४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोड कायम हुनेछ । बोनस शेयरपछि कायम चुक्ता पूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको हो ।

कम्पनीले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ ।

फागुन महिनामा कम्पनीकोे सर्वाधिक रकमको कारोबार भएको छ नेप्सेका अनुसार कम्पनीको शेयर मूल्य माघको तुलनामा फागुनमा प्रतिकित्ता ५० रुपैयाँ १० पैसाले घटेको छ ।

कम्पनीको शेयरमूल्य समायोजनपछि कम्पनीको मूल्य माघको तुलनामा भने घटेको छ। फागुन मसान्तसम्मको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६४२ रुपैयाँ कायम भएको छ ।

माघ मसान्तसम्मको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९२ रुपैयाँ १० पैसा रहेको जानकारी नेप्सेले दिएको छ ।

फागुन महीनामा कुल ६१ अर्ब ६८ करोड २१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा हिमालयन रिइन्स्योरेन्सले सर्वाधिक हिस्सा ओगटेको छ ।

नेप्सेका अनुसार कम्पनीको उक्त महीना २ अर्ब ९९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ४६ लाख ८० हजार कित्ता शेयर कारोबार भएको हो ।

IME Lifesidebar
kumari