प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपाईहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ ।
एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गर्नुभयो ।
आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नु भयो । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताउनु भयो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो ।
त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले बताउनु भयो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताउनु भयो । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो ।
सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षमा परिणाम आउने विश्वास नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेडसोन बहादुर मगरज्यूले व्यक्त गर्नुभयो । मोटिभेसनल स्पिकर श्री रमण भट्टराईज्यूको ट्रेनिङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो ।
उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरि रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो ।
औपचारीक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलाहरुले ३ दिने कार्यक्रमको माहोललाई उल्लासमय बनाएको थियो । सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।
एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीको संयोजनमा संचालित कार्यक्रम योगेन्द्र प्रसाद खतिवडाले संचालन गर्नु भएको थियो ।