शिखर इन्स्योरेन्सको चैत ९ गते वार्षिक साधारण सभा
काठमाडौं । शिखर इन्स्योरेन्सले चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ । यसले लभांश प्रस्तावबिना नै साधारण सभा डाकेको हो ।
यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ । फागुन २४ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन पाउँनेछन् ।
साधारण सभा शिखर इन्सुरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।