citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शिखर इन्स्योरेन्सको चैत ९ गते वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । शिखर इन्स्योरेन्सले चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ ।इन्स्योरेन्सले लाभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको हो ।

यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन । साधारण सभा शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long