macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनएलजी इन्स्योरेन्सको नाफामा ५३.९६ प्रतिशत वृद्धि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सको खुद नाफा ५३.९६ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा भने कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा खुद बिमा शुल्क आम्दानी ६.०४ प्रतिशतले बढेर ३१ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यस्तै, लगानी तथा कर्जा आम्दानी पनि ६.८३ प्रतिशतले बढेको छ । कम्पनीको बिमा कोषको आकार पनि ३६.६१ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ भएको छ ।

हाल एनएलजीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङ शीर्षकमा १२ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७.७९ रुपैयाँबाट बढेर १२ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २१४.५६ रुपैयाँ छ । उक्त पुँजीको ६६ % हकप्रद सेयर जारी गर्न यसले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

himalayan life insurance
igi long
NTA long ad