citizens life insurance long ad
stcnepal long ad
national life

शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १९.१७ प्रतिशतले बढेर २५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बिमा शुल्क आजर्न बढेसँगै खुद नाफा बढेको हो । यसअवधिमा खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । पुस मसान्तसम्म आइपुग्दा शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसाले बढेर १८ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा छ ।

himalayan life insurance
igi long