बीमा समितिमा नयाँ कर्मचारी संगठन
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा नयाँ कर्मचारी संगठन दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले बीमा समिति कर्मचारी संगठनको नाममा दोस्रो कर्मचारी संगठन दर्ता गरिएको हो ।
लकडाउन अघि नै निवेदन दिइएकोमा यही असार ४ गते औपचारिक रुपमा प्रमाणपत्र दिएको संगठनले जनाएको छ । समितिमा अर्को संगठन बीमा समिति कर्मचारी युनियन अस्तित्वमा छ ।
थोरै कर्मचारी भएको संगठनमा विवादका कारण दुई वटा संगठन अस्तित्वमा आएपछि कर्मचारीको मुद्दा कमजोर हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बीमा समिति कर्मचारी युनियन कै निवर्तमान अध्यक्ष प्रकाश सोडारीको संयोजकत्वमा नयाँ संगठन दर्ता गरिएको हो । सोडारीले प्रगतिशील तरिकाले कर्मचारीहरुको हक हितको रक्षाको लागि नयाँ संघ दर्ता गर्न कर्मचारीहरुकै दवावका कारण नयाँ संस्था दर्ता गरिएको बताए ।
नयाँ गठन भएको संगठनमा बहुमतभन्दा बढि अर्थात २८ जना सदस्य सदस्य रहेको संगठनले जनाएको छ । नयाँ दर्ता भई अस्तित्वमा आएको संगठनको सदस्य सचिव दीपक ज्ञवाली छन् ।
त्यस्तै, कार्यसमितिका सदस्यहरुमा शेखर प्रसाद शर्मा, टेकराज पाण्डे, केदारनाथ भट्ट, सुनिता कुमारी थापा मगर, अन्जना शर्मा, पिताम्वर पराजुली, सुनिता कार्की छन् ।

























