macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेप्सेमा अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

जसमा अरुण भ्यालीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २८० रुपैयाँ २० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको भाउ १९० रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, रिलायबल नेपाल इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ ।

आइतबारको अन्तिम कारोबार मूल्य ५७७ रुपैयाँ ५० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजनपछि यसको मूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ । समायोजित भाउलाई आधार मानेर सोमबार यी २ कम्पनीको कारोबार खुला हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad