sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

यूनाइटेड अजोडले ३०औँ साधारण सभा फागुन ७ गते

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद गरी कूल १०.८० प्रतिशत लाभांश पारित गर्नेछ ।

बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ ।

संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्नेछ । साथै, संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २२ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा फागुन ७ गते अनमोल ब्याङ्क्वेट शंखमूल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

gold
kumari bank
nawakantipur long