stcnepal long ad
global ime bank long

असार २९ गते प्राइम लाइफको साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यही असार २९ गते प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं साधारणसभा आह्वान गरेको छ । प्राईफ लाईफ इन्स्योरेन्स कम्पनीको १२ औं बार्षिक साधारणसभा खागमी असार २९ गते सोमबार २ बजे अग्रवाल भवन काठमाडौंमा हुने भएको छ ।
१२ औं साधारणसभामा आर्थिक वर्ष २०७४र७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२।५ प्रतिशत बोनस शेयर वितरण गर्ने लगायतका नियमित प्रस्तावहरु लैजाने निर्णय भइसकेको छ ।
कम्पनीको १२ औं बार्षिक साधारणसभामा बोनस बापत वितरण गर्न लागिएको शेयरको कर प्रयोजनको लागि एक करोड २३ लाख ३४ हजार ४४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने जनाएको छ ।
कूल दुई अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरण पश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै कम्पनीले यही असार १८ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । सो मितिभन्दा अगावै शेयर कारोबार गरेका शेयर धनीहरुले मात्रै लाभांश बापतको बोनश सेयर प्राप्त गर्नेछन् । त्यस्तै साधारणसभामा आर्थिक वर्ष २०७४र०७५ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन पास गर्ने लगायतका नियमित प्रस्तावहरु राखिएको छ ।

IME Lifesidebar
kumari