stcnepal long ad
ime life insurance
global ime bank long

प्रभु महालक्ष्मी लाइफले हकप्रद शेयर निष्कासन गर्न बीमा प्राधिकरणबाट स्वीकृति पायो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेको छ।

प्रभु महालक्ष्मी लाइफको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १७ प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेर स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो।

बीमा प्राधिकरणले आज प्रभु महालक्ष्मी लाइफको हकप्रद निष्कासनको प्रस्ताव स्वीकृत गरेको हो।अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव स्वीकृतिका लागि आगामी साधारणसभामा पेस गर्नेछ।

साधारणसभा स्वीकृत भएपछि कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी ५ अर्ब रुपैयाँ कायम गर्न हाल कायम रहेको चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्नेछ।

prabhu mahalaxmi
kumari