macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

कतिमा खुल्छ कारोबार ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

साविक प्रभुसँग नेप्सेमा सूचीकरण नभएको महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएर अब नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा सेयर कारोबार हुन लागेको हो ।

दुई कम्पनीले १ बराबर १ को सेयर स्वाप रेसियोको आधारमा मर्ज भएर कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जरपछि ‘पीएमएलआई’ संकेतमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ । यसको सेयर कारोबार ५८७ रुपैयाँ खुला हुनेछ । मर्जर प्रक्रियाका कारण साविक प्रभु लाइफको सेयर कारोबार रोक्का थियो ।

himalayan life insurance
igi long
NTA long ad