citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन रिइन्सुरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले मंसिर २७ गतेबाटसर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो ।

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन रिइन्सुरेन्सको आइपीओमा आवेदन दिने आज पुस २ गते सोमबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले मागभन्दा कम आवेदन परेर आइतबार आइपीओमा आवेदन दिने समय थप गरेको थियो । कम्पनीले मंसिर २७ गतेबाटसर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो ।

सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ ।

त्यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ ।

बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी भएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत यो आइपीओ भर्न सकिनेछ । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो ।

यो रेटिङ २०८१ असार १७ गतेसम्म बाहल रहनेछ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देंखिंदैन ।

तर आइपीओ खुला भएको कित्ता धेरै र प्रिमियम मूल्यमा आएको हुनाले लगानीकर्ताको सहभागिता कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

यस्तै, मुलुकमा यो सहित अहिले २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ । नेपाल पुनर्बिमा कम्पनी दोस्रो बजारमा पनि सूचीकृत छ ।

himalayan life insurance
igi long