citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

यो साता रिलायबल नेपालको शेयर मूल्य सर्वाधिक बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये यो साता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।

गत साता ४४० रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो सात ४६० रुपैयाँमा बन्द भएको छ । एक साताको कारोबारमा कम्पनीको शेयर मूल्य ४ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै दोश्रोमा एलआईसी नेपालको शेयर मूल्य ३ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ । गत साता १३५५ रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता १४०५ मा बन्द भएको छ । यो साता जीवन बीमा तर्फ ७ कम्पनीको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ ।

निर्जीवन बीमा तर्फ राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सातामा सर्वाधिक २ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ। गत साता १३ हजार २२० रुपैयाँ रहेको कम्पनीको बजार मूल्य यो साता १३ हजार ५४८ दशमलव ८० पुगेको छ ।

त्यस्तै दोश्रोमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य २ प्रतिशतले वृद्धि भएको छ । यो साता निर्जीवन बीमा तर्फ ९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ ।

त्यस्तै नेप्सेमा सूचीकृत एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सामान्य शून्य दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ ।

gold
himalayan life insurance long ad