stcnepal long ad
ime life insurance
global ime bank long

नेको इन्स्योरेन्सको नाफामा १५० प्रतिशत वृद्धि

प्रतिसेयर आम्दानी पनि बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ८० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १४९.५१ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो। यसको उक्त आम्दानी १० करोड ७० लाखबाट बढेर ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी यसको बिमा बापतको दावी भुक्तानी पनि घटेको छ । कम्पनीको कुल दावी भुक्तानी २९ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३३ करोड ९२ लाख रुपैयाँ थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ ।

यसको रिटेन्ड अर्निङमा ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा १५ प्रतिशतले धेरै हो । नेकोको ग्रस इन्स्योरेन्स कन्ट्याक्ट लियाबलिटिज् (बिमा कोष) ३ अर्ब ५७ करोड २२ लाख रुपैयाँ रहेको छ । असोजसम्म यसले ४३ करोड १९ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ ।

यो गत वर्षको भन्दा २।९८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४१ करोड ९४ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५० पैसा छ । प्रतिसेयर नेटवर्थ भने २११ रुपैयाँ ७१ पैसा रहेको छ ।

यस इन्स्योरेन्स कम्पनीले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ । अरु बिमा कम्पनीहरुले कात्तिक मसान्त भित्र रिपोर्ट सार्वजनिक गरिसकेका छन् ।

prabhu mahalaxmi
kumari