stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख  केशव दाहाल, देवघाट गाउँपालिका प्रमुख  तिलक बहादुर थापा  देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर  लगायतको उपस्थितीमा  २०८० कार्तिक २० देखि २२ गते सम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि,पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा तनहुँ लगायत विभिन्न जिल्लाहरुबाट ३३ जना व्यक्तिहरुको उत्सहाजनक सहभागिता रहेको थियो ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

यस तालिम बाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

prabhu mahalaxmi
kumari